FLASH NEWS

एमाले छोडेर डा.नवलकिशोर साह आजपामा प्रवेश


नेपाल आवाज ३० बैशाख २०८१, आईतवार १९:१४ मा प्रकाशित ८९५ पाठक संख्या

नेपाल कम्युनिष्ट पार्टी (एमाले) परित्याग गरी डा.नवलकिशोर साह आम जनता पार्टी (आजपा) मा प्रवेश गरेका छन् ।एमाले सर्लाही जिल्ला कमिटी सदस्य डा.साहलाई आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले टिका तथा खादा लगाएर पार्टीमा प्रवेश गराएका हुन् ।


आजपा केन्द्रीय कार्यालय कोटेश्वरमा आईतबार आयोजित एक कार्यक्रमका बीचमा डा. साहलाई पार्टीमा प्रवेश गराउँदै प्रभु साहले देशको विकासका लागि अहिलेको व्यवस्था परिवर्तन हुनुपर्ने बताए ।