FLASH NEWS

प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि स्थगित


नेपाल आवाज ७ जेष्ठ २०८१, सोमबार ११:५८ मा प्रकाशित ६९७ पाठक संख्या

काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले अवरोध गरेपछि बैठक १५ मिनेटको लागि स्थगित भएको छ ।


आजको बैठक शुरु हुना साथ कांग्रेस सांसदहरुले उठेर विरोध गरेका थिए । कांग्रेसको विरोधका बीच सभामुखले बैठक अगाडी बढाउन खोजेपछि कांग्रेसका सांसदहरुले नाराबाजी गर्दै वेल घेराउ गरेका थिए । कांग्रेसले लगातार नाराबाजी गरिरहेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।