FLASH NEWS

राङ्गी विद्यालय प्राङ्गणमा मन्दिरको शिलान्यास, १५२ जनाले गरे आर्थिक सहयोग


नेपाल आवाज १५ जेष्ठ २०८१, मंगलवार १६:२८ मा प्रकाशित १०५१ पाठक संख्या

रौतहट- रौतहटको पश्चिमिभेग फतुवा विजयपुर नगरपालिका-११ स्थित श्री आधरभूत विद्यालय राङ्गीको प्राङ्गणमा सरस्वती माता मन्दिरको शिलान्यास गरिएको छ।


मन्दिर निर्माणका लागि सयौं समाजसेवी बुद्धिजीवी र शिक्षा प्रेमी महानुभावको उपस्थितिमा मंगलबार स्थानीय अच्युत मैनालीको ममतामयी माता ज्येष्ठ नागरिक कृष्णलक्ष्मी मैनालीको हातबाट मन्दिरको शिलान्यास कार्यक्रम सम्पन्न भएको हो।

राङ्गी गाउँका १५२ घरधुरीको आर्थिक सहयोगमा मन्दिर निर्माण हुन लागेको हो। ज्येष्ठ नागरिकको हैसियतले सम्मानस्वरुप शिलान्यास गरेपछि मन्दिर निर्माण हुने सोही विद्यालयका प्रधानाध्यापक विजयकुमार कुशवाहले जानकारी दिएका छन्।