FLASH NEWS

सरकारले भन्सार दर बढाएसँगै सुनको मूल्य बढयो


नेपाल आवाज १७ जेष्ठ २०८१, बिहीबार ११:२३ मा प्रकाशित ७२१ पाठक संख्या

काठमाडौं । सरकारले भन्सार दर बढाएसँगै सुनको मूल्य बढेको छ । आर्थिक वर्ष २०८१/०८२ को बजेटमा सुनमा भन्सार दर बढाएर २० प्रतिशत कायम गरेको छ । यसअघि सुनको भन्सार दर १५ प्रतिशत मात्रै थियो ।


आज नेपाली बजारमा सुनको मुल्य तोलामा २३०० ले बढेको छ । नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुन प्रति तोला १ लाख ४० हजार ५०० कायम भएको छ । तेजाबी सुन १ लाख ३९ हजार ८०० पुगेको छ।
बुधबार छापावाल सुन प्रतितोला १ लाख ३८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ। ३० रुपैयाँले घटेर प्रतितोला चाँदी १ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।