FLASH NEWS

वातावरण दिवसको अवसरमा भक्तपुरमा बृक्षारोपण


नेपाल आवाज २३ जेष्ठ २०८१, बुधबार १५:१४ मा प्रकाशित ११२३ पाठक संख्या

भक्तपुर । विश्व वातावरण दिवसको अवसरमा बुधबार भक्तपुरका विभिन्न ठाउँंहरुमा विभिन्न संघसंस्थाहरुले बृक्षारोपण गरेका छन् । वातावरण दिवसको अवसरमा राष्टको लागि दुईघण्टा अभियान भक्तपुर शाखाले जनचेतनामूलक रयाली निकालेको छ ।


अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको लोकन्थलीदेखि सुरु भएको रयाली गठाघर, थिमि, सल्लाघारी, चुनदेवी चोकमा पुगेर समापन भएको थियो । साथै दिवसको अवसरमा भक्तपुरको चाँंगुनारायण नगरपालिकाले एकदिने हरित प्रदर्शनी गरेको छ ।

नगरपालिका भबन खरिपाटीमा विहान १० बजेदेखि सुरु भएको प्रदर्शनी साँंझ चार बजेसम्म हुने जनाइएको छ । साथै नेपाल इको प्यानलले पनि दिवसकै अवसरमा जिल्लाको चाँंगुनारायण नगरपालिका वडा नं ३ झौखेलस्थित कारखाना र भक्तपुर नगरपालिका वडा नं १ सल्लाघारीस्थित कर्पाेरेट कार्यालय बृक्षारोपण गरेको छ । उता ख्वप कलेज भक्तपुरले पनि दिवसकै अवसरमा भक्तपुर नगरपालिका वडा नं ६ देकोचास्थित कलेज परिसरमा बृक्षारोपण तथा सरसफाई कार्यक्रम गरेको छ ।