FLASH NEWS

हिमाल हस्पिटल र प्रभु बैंक लि.बीच विशेष छुट सम्झौता


नेपाल आवाज २५ जेष्ठ २०८१, शुक्रबार १७:५५ मा प्रकाशित ७१५ पाठक संख्या

प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरुलाई काठमाण्डौ,ज्ञानेश्वर स्थितहिमाल हस्पिटल र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहकलाई अस्पतालको सेवा सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौताभएको छ ।


एक समारोहका बिच हिमाल हस्पिटलका तर्फ बाट व्यवस्थापकीय निर्देशक नविनताम्ली र प्रभु बैंक लि.का तर्फबाट प्रमुख बजार व्यवस्थापनअधिकृत रविन्द्र ढकाल ले समझदारी ज्ञापनपत्रमा हस्ताक्षर गर्नुभएको छ। समारोहमा प्रभु बैंकका बजार व्यवस्थापक का तर्फ बाट म्यानेजर दिना चित्रकार र सबिन राणा तथा हिमाल हस्पिटलका मूख्य प्रशासन अधिकृत राजेन्द्र के.सी. को समेत उपस्थिति रहेको थियो ।

सम्झौताअनुसार प्रभु बैंकका सम्पूर्ण ग्राहकहरु,कार्ड प्रयोग कर्ताहरु, कर्मचारी तथा कर्मचारीका पारिवारजनले हिमाल हस्पिटलमा उपचार सेवालिँदाअन्तरङ्ग तथाबहिरङ्ग सेवामाओपिडि टिकट बाहेक रेडियोलोजी, प्याथोलोजी, फार्मेसी, फिजियोथेरापी लगायतका सेवाहरुमा १० देखी २०∞ तथा शल्यक्रिया शुल्कमा १०∞ सम्मछुट प्राप्तगर्न सक्नेछन् ।

छुट सुविधा प्राप्त गर्नका लागि बैंककाग्राहकहरुले प्रभु बैंक लिमिटेडको मान्य डेबिट कार्ड,क्रेडिट कार्ड तथा प्रिभलेज कार्ड मध्ये कुनै एक हिमाल हस्पिटलमा पेश गर्नुपर्ने छ ।

सन् १९७८ मा बिराटनगर मा स्थापितथापा नर्सिङ्गहोम पछि सन् १९८८ माज्ञानेश्वर,काठमाण्डौमा नाम परिवर्तन भई हिमाल हस्पिटल गरिएको थियो । जुन नेपालको निजी क्षेत्रवाट सञ्चालित स्वास्थ्य सेवा प्रदायक मध्यको दोस्रो निजी अस्पताल हो ।

हिमाल हस्पिटलले केही दशक देखि निरन्तर स्तरिय स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आइरहेको र एकै छानामुनी आकस्मिकउपचार देखि सघन उपचार अनि पेन मेडिसिन लगायतउपलब्ध गराउँदै आईरहेको छ ।

स्वास्थ्य प्रति जागरुक नागरिकहरुको लागि हिमाल हस्पिटलमा विभिन्न स्वास्थ्य परिक्षण प्याकेजहरु मार्फत नियमित स्वास्थ्य परिक्षण, परामर्श तथाउपचार सेवाहरु समेतको व्यवस्था रहेको छ ।

त्यसैगरी, ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा हालसालै “बैंक अफ द इयर २०२३” को उपाधिबाट सम्मानित प्रभु बैंकका नेपालभर ३०२ शाखा कार्यालयहरु, २८५ एटीएम साथै ७० एक्सटेन्सन काउन्टर मार्पmतकरिब ३१ लाख भन्दा बढि ग्राहकहरुलाई ‘बिश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मुल नाराका साथमा बैंकिङ एवं वित्तीय सेवा प्रवाह गरिरहेको प्रभु बैंकले अत्याधुनिक प्रविधि मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, छोटो समयको अन्तरालमा नै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।