FLASH NEWS

अन्नपूर्ण केबलकार र प्रभु बैंक बीच विशेष छुट सम्झौता


नेपाल आवाज २५ जेष्ठ २०८१, शुक्रबार २०:१७ मा प्रकाशित ५३५ पाठक संख्या

पोखरा । पर्यटकीय सदरमुकाम पोखराको लेकसाइड सेदीबगरअवस्थित अन्नपूर्ण केबलकारप्रा.लि र प्रभु बैंक लिमिटेड बीच केबलकार सेवामाप्रभु बैंकका ग्राहक वर्ग रकर्मचारीलाई बिशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।


उक्त सम्झौताअनुसार केबलकारको टिकटमा प्रभु बैंकका कर्मचारीलाई २५ प्रतिशत र बैंकका ग्राहक तथा क्रेडिट कार्ड, डेबिट कार्ड प्रयोगकर्तालाई १० प्रतिशत विशेष छुट प्राप्तगर्न सक्नेछन । अन्नपूर्ण केबलकारको तर्फ बाट मार्केटिङ म्यानेजर अरुण कोइराला रप्रभुबैंक लि.को तर्फबाट म्यानेजर गणेश सुवेदीले समझदारी पत्रमा हस्ताक्षर गर्नु भएको छ ।

अन्नपूर्ण केबलकार प्रा.लि.पोखराको लेकसाइड सेदीबगरदेखि कास्कीको सराङकोटसम्म केबलकार सेवा प्रदान गर्दै आएको छ । उक्त केबलकार यात्रामामाछापुच्छ«े, धवलागिरी, अन्नपूर्ण, लम्जुङ हिमाल लगायतका हिमश्रृखला, फेवाताल, तालबराही, हरियाली प्रकृतिक छटाहरुको दृश्यका साथसाथै सूर्योदय र सुर्यअस्तको अनुपमएवं मनमोहक दृश्यावलोकन गर्न सकिन्छ ।

ग्राहकहरुको रोजाईको अग्रणी बैंकको रुपमा रहेको तथा“बैंक अफ द इयर २०२३” को उपाधी बाट सम्मानित प्रभु बैंक लि.को नेपालभर ३०२शाखा कार्यालयहरु, २८५ एटीयम साथै ७० भन्दा बढि एक्सटेन्सन काउन्टर मार्फत बैंकिङ्ग सेवा प्रवाह गरिरहेको प्रभु बैंकलि.ले अत्याधुनिक प्रविधी मार्फत गुणस्तरीय सेवा प्रवाह गर्दै प्रतिस्पर्धी रुपमा अगाडि बढिरहेको छ । साथै, छोटो समयको अन्तरालमा नै फिनाकल ईन्फोसिस ईनोभेसन गोल्ड–२०२४ अवार्डबाट सम्मानित भएको छ ।
उक्तसमारोहमाप्रभु बैंक सहसम्बन्ध प्रबन्धकहरु प्रकाशपौडेल, शर्मिला भण्डारी, गण्डकी प्रदेश संचालनअधिकृत सन्तोष अधिकारी, अन्नपूर्ण केबलकारका प्रशासनअधिकृत सुजल पौडेल लगायतको उपस्थिती रहेको थियो ।