FLASH NEWS

विशेष पद सिर्जना गरि निलम्बित मुख्यसचिव अर्याललाई राष्ट्रिय योजना आयोगमा सरुवा


नेपाल आवाज ११ असार २०८१, सोमबार १४:३१ मा प्रकाशित १५२५ पाठक संख्या

काठमाडौँ । हिजो भर्खर निलम्बनमा परेका मुख्य सचिव बैकुण्ठ अर्याललाई सरकारले विशेष पद सिर्जना गरेर राष्ट्रिय योजना आयोगमा सरुवा गरेको छ । हाल मुख्यसचिव बैकुण्ठ अर्याल स्वत: निलम्बित भएसँगै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयकी सचिव लीलादेवी गड्तौला कामु मुख्य सचिवको भूमिकामा रहेकी छिन ।


अर्यालले राजीनामा नदिएपछि उनलाई विशेष पद सिर्जना गरेर मन्त्रिपरिषद्को बैठकले योजना आयोगमा लगेको जानकारी नेपाल सरकारको प्रवक्ताबाट आएको छ ।

सरकारको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले दिएको जानकारी अनुसार शर्माले अर्यालबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएकाले प्रचलित कानूनबमोजिम निज स्वतः पदबाट निलम्वन भएको तथा सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले अर्याललाई योजना आयोगमा  विशेष पद सिर्जना गरेर सरुवा गरेको बताएकी छिन।

उनले भनिन्, ‘नेपाल सरकारका मुख्यसचिव डा. वैकुण्ठ अर्यालबिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएकोमा प्रचलित कानूनबमोजिम निज स्वतः निलम्वन हुनुभएको छ । हाललाई राष्ट्रिय योजना आयोगमा राजपत्राङ्कित विशिष्ट श्रेणीको मुख्यसचिव सरहको विशेष पद सिर्जना गरी उहाँलाई उक्त पदमा सरुवा गर्ने निर्णय भएको छ ।