FLASH NEWS

सिमताल पहिरो: मृतक र बेपत्तालाई राहात लिन जिप्रका रौतहटको अनुरोध


नेपाल आवाज २७ श्रावण २०८१, आईतवार १९:४१ मा प्रकाशित २८३ पाठक संख्या

सञ्जय मिश्रा
रौतहट २७ साउन। चितवन जिल्लाको भरतपुर महानगरपालिका २९ सिमलताल नजिक पहिरोमा परी बेपत्ता भएको गणपती डिलक्स बसमा रही मृत्यु तथा बेपत्ता भएका यात्रुको परिवार लाई राहत लिन जिल्ला प्रशासन कार्यालय रौतहटले सूचना जारी गरेको छ।


गत असार २८ गते बिहान साढे ३ बजे काठमाडौं बाट रौतहट तर्फ आईरहेको प्रदेश ०३_००१ ख २४९५ नम्बरको गणपती डिलक्स बस लाई अचानक माथि बाट आएको पहिरोले बगाउँदा त्रिशुली नदीमा बगाएको थियो।

घटना लगतै असार ३१ गते नेपाल सरकारको मन्त्री परिषदले गरेको निर्णय अनुसार घटनामा परी मृत्यु तथा बेपत्ता भएका रौतहटका मृतकको आफन्त पीडित परिवारलाई राहत लिन आउनको लागि जिल्ला प्रशासन कार्यालय रौतहटले आग्रह गरेको हो।

बसमा सवार रही त्रिशुली नदीमा मृत्यु तथा वेपत्ता भएका यात्रुको नजिकका नातामा पर्ने हकदार आमा, बुबा, दाजु भाई, दिदी बहिनी पती पत्नी, छोरा छोरी लाई जिल्ला प्रशासन कार्यालय रौतहटको आर्थिक प्रशासन शाखाको ९८५५०४४५२७ मोबाईल नम्बरमा सम्पर्क गरेर आउन सिडियो हिरालाल रेग्मी द्वारा हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।

 

राहतको लागि आउँदा सम्बन्धित वडाको सिफारिस, मृतकको नागरिकता, मृत्यु दर्ताको फोटोकपी, नाता प्रमाणित, राहत वुझ्नेको नागरिकताको फोटोकपी, कुनै पनि बैंकको चेकाबुकको फोटोकपी अनिवार्य लिएर आउनु पर्ने जिल्ला प्रशासन कार्यालय रौतहट द्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

 

काठमाडौं बाट रौतहट तर्फ आईरहेको गणपती डिलक्स बस र बिरगंज बाट काठमाडौं जाँदै गरेको एनजल ट्राभल्स बस सिमालताल नजिक पहिरोमा परी त्रिशुली नदीमा बेपत्ता हुँदा दुबै बसको गरेर ६५ जना वेपत्ता भएका थिए। सो मध्ये केहीको शव बरामद भएको थियो भने केहीको अझै बरामद हुनसकेको छैन। यात्रु संगै बेपता भएका बसको खोजी गर्न नेपाल र भारतको गोताखोर परिचालित भएपनि सफल भएनन्।