FLASH NEWS

अफ्रिका बाहिर स्विडेनमा देखियो मंकीपक्स


नेपाल आवाज ३२ श्रावण २०८१, शुक्रबार १३:२२ मा प्रकाशित १०३ पाठक संख्या

काठमाडौँ । अफ्रिका भन्दा बाहिर मंकीपक्सको पहिलो केस स्वीडेनमा फेला परेको छ ।


स्विडेनको सार्वजनिक स्वास्थ्य एजेन्सीले स्विडेनमा मंकीपक्सको पहिलो केस फेला परेको जानकारी दिएको हो । मंकीपक्सबाट संक्रमित व्यक्ति अफ्रिका बसेर फर्केका भएको बताइएको छ ।

अफ्रिकाका केही भागमा एमपोक्स रोग फैलिएपछि विश्व स्वास्थ्य संगठनले सार्वजनिक स्वास्थ्य संकट घोषणा गरेको छ । संस्थाले यो रोगलाई अन्तर्राष्ट्रिय चासोको विषयको रुपमा समेत व्याख्या गरेको छ ।

स्वीडेनको पब्लिक हेल्थ एजेन्सीका कार्यवाहक प्रमुख ओलिभिया विग्जेलका अनुसार संक्रमित व्यक्तिले स्टकहोममा उपचार गराउन आग्रह गरेका थिए ताकि अन्य व्यक्तिमा संक्रमणको जोखिम कम होस् ।

डब्लुएचओका प्रमुख टेड्रोस अधानोम गेब्रेयससले अफ्रिका र त्यसभन्दा बाहिर पनि यो रोग फैलिने सम्भावनाप्रति चिन्ता व्यक्त गरेका थिए ।

अफ्रिकी देश कंगोमा यो रोगबाट प्रारम्भिक चरणमा ४५० भन्दा बढीले ज्यान गुमाएका छन् ।