काठमाडौँ । मर्स्याङ्दी नदीमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या २१ पुगेको छ । प्रहरीका अनुसार दुर्घटनामा २१ जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
उद्धार गरिएका २२ जनामध्ये १२ जनालाई सेनाको हेलिकप्टरमार्फत् काठमाडौंको महाराजगञ्जमा रहेको त्रिवि शिक्षण अस्पताल पुर्याइएको छ भने बाँकी १० जनाको स्थानीय आँबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।
शुक्रबार दिउँसो करिब साढे एक बजे पोखराबाट काठमाडौँ आउँदै गरेको भारतीय नम्बर प्लेटको उक्त बस तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर–२ बाट मर्स्याङ्दी नदीमा खसेको थियो ।
उद्धारमा नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाका १६० भन्दा बढी खटिएका थिए ।