FLASH NEWS

काठमाडौमा भुकम्पको धक्का ! केन्द्रबिन्दु तिब्बत ( थप विवरण )


नेपाल आवाज २३ पुष २०८१, मंगलवार ०७:१६ मा प्रकाशित ६२७७ पाठक संख्या

२३ पुस काठमाडौ । काठमाडौमा आज बिहान ६:५० मा ठूलो भुकम्पको धक्का महसुस गरिएको छ ।

गुगलले देखाएको जानकारी अनुसार उक्त भुकम्पको केन्द्रविन्दु चिनको तिब्बत , सिगात्सेबाट २३ किमि मुनि रहेको छ र भुकम्पको मापन ७.१ रेक्टर स्केल रहेको छ ।


चिनले भने आधिकारिक रुपमा भुकम्पको मापन ६.८ रेक्टर स्केल रहेको बताएको छ र सिगात्सेबाट १० किमि मुनि रहेको भनिएको छ ।

भुकम्पको धक्का नेपाल, भारत, अफगानिस्तान, भुटान र चिनमा महसुस गरिएको छ । क्षतिको विवरण आउन बाँकी छ ।

उक्त भुकम्पपश्चात् पनि ६ रेक्टर स्केल मुनिका थुप्रै पराकम्प चिनमा महसुस गरिएका छन् ।