FLASH NEWS

अमेरिकी डलर संगै युरोपियन युरोको भाउ पनि स्थिर


नेपाल आवाज २६ पुष २०८१, शुक्रबार ०७:३७ मा प्रकाशित ५५ पाठक संख्या

काठमाडौं, पौष २६ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ । शुक्रबार अमेरिकी डलर संगै युरोपियन युरोको भाउ स्थिर रहेको छ । शुक्रबार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ०६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ६६ पैसामा कारोबार भएको राष्ट्रि बैंकले जानाएको छ । यसअघि बिहिबार यसको खरिदबिक्री सोही मूल्यमा भएको थियो ।
आज युरोपियन यूरो एकको खरिददर १४१ रुपैयाँ १८ रहेको छ भने बिक्रीदर १४१ रुपैयाँ ८० पैसा तोकिएको छ ।
यसैगरी आज बेलायती पाउन्ड एकको खरिदमूल्य १६८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १६९ रुपैयाँ १२ पैसा कायम गरिएको राष्ट्र बैंकले जनाएको छ । यो मूल्य अघिल्लो दिनको तुलनामा एक रुपैयाँ २१ पैसाले घटेको छ । यसअघि बिहिबार पाउण्ड खरिददर १६९ रुपैयाँ ६० पैसा र बिक्रीदर १७० रुपैयाँ ३५ पैसा कायम गरिएको थियो ।
त्यसैगरी, शुक्रबार अष्ट्रेलियन डलर एकको खरिददर ८४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ८५ रुपैयाँ ३० पैसा तोकिएको छ । क्यानेडियन डलर एकको खरिददर भने ९५ रुपैयाँ २४ पैसा र बिक्रीमा ९५ रुपैयाँ ६६ पैसा रहेको छ ।
उता, जापानी येन १० को खरिददर ८ रूपैयाँ ६८ पैसा कायम हुदाँ बिक्री दर भने ८ रूपैयाँ ७२ पैसा रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ६९ पैसा तथा बिक्री दर १८ रूपैयाँ ७८ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर ९ रूपैयाँ ३८ पैसा तथा बिक्री दर ९ रुपैयाँ ४४ पैसा कायम गरेको जनाइएको छ ।
उता कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ५९ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपैयाँ ५१ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ६७ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपैयाँ ३२ पैसा र बिक्रीदर ३७ रूपैयाँ ४८ पैसा तथा मलेसियन रिंगिट एकको खरिददर शुक्रबार ३० रूपैयाँ ४४ पैसा र बिक्रीदर ३० रूपैयाँ ५७ पैसा कायम गरेको छ ।
यसैगरी, शुक्रबारको लागि कुवेती दिनार एकको खरिददर ४४४ रुपैयाँ ४३ पैसा र बिक्रीदर ४४६ रुपैयाँ ३८ पैसा निर्धारण भएको छ। बहराइन दिनारको खरिददर ३६३ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६५ रुपैयाँ १६ पैसा निर्धारण भएको छ।