FLASH NEWS

नेपालका बच्चाहरुमा एचपीभी भ्याक्सिन परिक्षण आशंका ! भ्याक्सिनबारे कसैले नभन्ने लुकाईएको तथ्य !


नेपाल आवाज २ माघ २०८१, बुधबार २०:१७ मा प्रकाशित १९५१ पाठक संख्या

आजको यो लेख पाठकहरुलाई नेपालका किशोरीहरुलाई जबर्जस्ति लगाउन खोजिएको एचपीभी भ्याक्सिनबारे बुझाउने रहेको छ। कृपया यो लेख जनस्वास्थ्यसंग सम्वन्धित लेख भएको कारण सक्दो धेरै फैलाईदिनुहुन र पूरा पढेर जानकारी लिनुहुन अनुरोध गर्दछौं।  

लेखक : संजिव न्यौपाने 

एचपीभी संक्रमणबाट हुने क्यान्सरको जोखिम रोक्ने भन्दै नेपालका कैयौं स्थानमा एचपीभी भ्याक्सिन लगाउने कार्य निरन्तर भईरहेको छ। हालसम्म हजारौं किशोरीहरूमा यो भ्याक्सिन लगाईसकिएको छ भने अब लाखौं किशोरीहरुमा यो भ्याक्सिन लगाउने तयारि छ।


तर यो भ्याक्सिन आवश्यक नै नभएको तर्कतर्फ र यो  भ्याक्सिन नेपालमा परिक्षण भईरहेको तर्कतर्फ भने कोहि जान चाहँदैन।

के हो एचपीभी भाईरस ?

HPV (Human Papilloma Virus ) हरेक मानिसको शरीरमा हुनेगर्छ। यो भाईरसले मानिसलाई खासै केहि असर गर्दैन तर केही मानिसमा भने यसको असर देखिन सक्छ।

यसका असरहरुमा गुप्ताङ्ग वरिपरि घाउ , खटिरा आउने र पछि त्यहि बढेर क्यान्सर हुनसक्ने भनेर बैज्ञानिकहरुको रिसर्चले भन्छ। केहिलाई घाँटी तथा अन्य भागमा क्यान्सर हुनेजस्ता कुराहरु पनि रिसर्चमा उल्लेख छन् तर यहि भाईरसकै कारण मात्र क्यान्सर हुने हो भन्ने चाहिँ प्रमाणित कुरा हैन ।

५० वर्ष माथिका महिलाहरुमा जचाउने हो भने यो भाईरस प्रत्येक ५ जनामा ४ जनामा हुने गर्छ भने उनीहरुकै रिसर्चले भनेको छ र यो भाईरस यति कमजोर छ कि यसलाई २ वर्षमा शरीर आफैंले एन्टीबडि तयार गरि शरीरबाट फ्याँकीदिन्छ भनेर पनि उनीहरुले नै गरेको रिसर्चले भन्छ।

यो भाईरस २०० भन्दा धेरै प्रकारको रहेको छ तर लगाउन लागिएको भ्याक्सिनले भने २०० प्रजातिमध्ये केही प्रजातिबाट मात्र सुरक्षा दिनेगर्छ भनेर फेरि त्यही रिसर्चमा उल्लेख गरिएको छ ।

एचपीभी भाईरस कसरि सर्छ ?

एचपीभी भाईरस सर्ने सबैभन्दा सजिलो र सबैभन्दा साझा माध्यम भनेको शारीरिक सम्वन्ध नै हो।

असुरक्षित यौन सम्वन्ध र कैयौं व्यक्तिसंगको शारीरिक सम्वन्धबाट यो भाईरस एक-अर्कामा सर्ने गर्छ।

यो भाईरस सबैको शरीरमा हुने कारण छालाबाट समेत यो भाईरस सर्नसक्ने भएपनि मुख्य कारण यौन संवन्ध नै हो । हरेक ब्यक्तिले यौन सम्पर्क गर्दा यो भाईरस एकको शरिरबाट अर्कोको शरिरमा सरेकै हुन्छ । यदि यस्ले क्यान्सर फैलिने दर त्यस्तो उच्च थियो भने हाल सबै मानिसमा क्यान्सर हुन्थ्यो किनकी यो भाईरस शारिरिक सम्पर्कमा आएका हरेक १० जना मध्ये ९ जनाको शरिरमा छ ।

खैर यो भाईरस जुनै माध्यमबाट सरेपनि यो भाईरसलाई शरिरले आफैं नियन्त्रण गर्न सक्षम छ। धेरै केसमा २ वर्ष भित्रमा शरीर आफैंले यस्को एन्टिबडि तयार गरि भाईरसलाई नियन्त्रणमा शरीर आफैंले राखेको हुन्छ र यो गर्न शरिरको इम्युन सिस्टम सक्षम छ । त्यसैले त हामिमध्ये केहिलाई छाडेर एचपिभी इन्फेक्सन भएको छैन आजसम्म ।

एचपीभी विरुद्धको खोप भनेको के हो ?

एचपीभी विरुद्धको खोप एचपीभी भाईरससंग शरीर लड्न सकोस भनेर दिईने खोप हो। यो खोप ३ प्रकारका हुन्छन् जसमध्ये Cervarix ( १६,१८) , Gardasil (१६,१८,६,११) र Gardasil – 9 (१६,१८,६,११,३१,३३,४५,५२,५८) रहेका छन् ।

यी ३ थरि भ्याक्सिनले HPV का २०० बढी प्रजातिमध्ये यहाँ उल्लेख केही प्रकारहरुको एचपिभी भाईरस विरुद्ध एन्टिबडी शरिरमा बनाउने काम गर्छ ।

एचपिभी भ्याक्सिनले कसरी काम गर्छ ? एन्टिबडी कसरी बन्छ ?

एचपिभि भ्याक्सिन शरिरमा लगाएपछी एचपिभी भ्याक्सिनले  मानव मस्तिस्कमा एचपिभी संक्रमण भएको सिग्नल पठाउँछ । यो सिग्नल पाएपछी मानव शरिरले एचपिभी विरुद्ध एन्टिबडी निर्माण गर्ने काम गर्छ । यहाँ सबै एन्टिबडी बनाउने काम शरिरले नै गर्ने हो । भ्याक्सिनले मानव मस्तिस्कमा एचपिभी संक्रमण भएको सिग्नल पठाउने मात्र हो ।

एचपिभी भ्याक्सिनबारे एन्टिभ्याक्सरको धारणा 

एचपिभि भ्याक्सिन लगाए पनि एन्टिबडी बनाउने काम शरिरले नै गर्ने हो । यसरि विना संक्रमण शरिरलाई संक्रमण भएको सन्देश दिई शरिरको इम्युन सिस्टमलाई झुक्क्याउने गर्नाले शरिरको इम्युन सिस्टम बिग्रने हुनसक्छ र धेरैजसो क्यान्सरको कारण शरिरको इम्युन सिस्टममा खराबी आउनु नै हो । त्यसैले एन्टि भ्याक्सरहरुका अनुसार एन्टि क्यान्सरको भ्याक्सिनकै कारण मानिसमा कैयौं क्यान्सरको जोखिम हुन्छ भन्ने शिद्धान्त उनिहरुबिच प्रतिपादन भएको हो ।

उसोभए एचपिभी भ्याक्सिन आवश्यक छ त ?

सबैभन्दा पहिलो कुरा एचपिभिका प्रकार २०० भन्दा बढी छन् जसमध्ये केहिबाट सुरक्षा दिने काम एचपिभी भ्याक्सिनले दिनेगर्छ । यो भ्याक्सिन लगाईसक्दा पनि एचपिभिका अन्य प्रजातीबाट हुने क्यान्सरको खतरा भने कायम नै रहन्छ ।

दोस्रो कुरा यो भ्याक्सिन लगाउन लागेको नेपालको उमेर समूह ९ वर्ष देखि माथीका बालबालिका रहेको छ र यो भ्याक्सिनले काम गर्ने जम्मा १० वर्ष भनिएको छ जबकी यो भाईरस सर्ने मुख्य कारण चाहिँ असुरक्षित यौन संवन्ध नै हो ।

यस्ता गतिविधिमा संलग्न नै नहुने बालबालिकामा यो भ्याक्सिन लगाउनु पस्चिमी मुलुकहरुमा ठिकै होला तर नेपालको परिपेक्षमा भने यो आवश्यक देखिँदैन ।

कथमकथाचित भाईरसले संक्रमण गरिहालेमा पनि मानव शरीर आफैं यस्को एन्टिबडी निर्माण गर्न सक्षम छ । आजसम्म यो भ्याक्सिन नलगाउँदा कुनै बच्चाको पाठेघर क्यान्सर भएको घटनाको हामी खासै धेरै साक्षि पनि छैनौं र १० वर्षको सुरक्षाको लागि भनेर अप्रमाणित कुरामा लाग्नु उचित होला र ?

एचपिभी भ्याक्सिन किन ल्याईयो नेपालमा ?

बिश्वमा कहिँकतै एचपिभी भ्याक्सिन अनिवार्य छैन । नेपालमा भने जबर्जस्ती स्कुल-स्कुल र टोलमा कार्यक्रम राखेर एचपिभी भ्याक्सिन जबर्जस्ती लगाउन खोजिंदैछ । यस्मा भ्याक्सिन परिक्षणको आशंका लुकेको छ ।

शारिरिक संवन्धबाट सर्ने भाईरस विरुद्ध बालबालिकालाई भ्याक्सिन लगाउनु सबैभन्दा अनौठो कुरा हो । फेरि यहि भ्याक्सिनले उमेर बितेपछी भने काम गर्दैन भनिएको छ ।

व्याख्या गरिए अनुसार यहि भाईरसले क्यान्सर हुने हो भन्ने पुष्टि पनि क्यान्सरबारे आधिकारिक संस्था र वेबसाईटहरुले गरेका छैनन बरु यो पनि एउटा क्यान्सरको कारण हुनसक्छ मात्र भनेका छन् भने उनिहरुकै अनुसार यो भाईरस विरुद्ध शरिरमा आफैं एन्टिबडी बन्छ पनि भनिएको छ ।

भ्याक्सिनले कुनै साईड इफेक्ट गर्दैन भनेर प्रचार गरिरहँदा भ्याक्सिन लगाउंदा फेन्ट हुने, गम्भीर शारिरिक समस्या देखिने हुनसक्छ भन्दै नेपालमा हस्पिटलहरु खोपबाट आउनसक्ने समस्याका लागि भनेर तयारी अवस्थामा राखिनु पक्कै शंकाको विषय हो ।

अब यो अवस्थामा नेपालमा जबर्जस्ती यो भ्याक्सिन लगाइदिनै परेको किन होला त ? अनुमान लगाउन सकिन्छ ? यो भ्याक्सिन एकपटक लगाएपछी ३ पटक कम्तिमा लगाउनुपर्छ । यहि तथ्यबाट बाँकी कुरा आंकलन लगाउन सकिन्छ । शरिरको इम्युन सिस्टमलाई गलत सिग्नल दिने यो भ्याक्सिन लगाउने ? कि नलगाउने ? स्वइक्षा र स्व-निर्णय चाहिँ तपाइँहरुकै ।

यो लेख तपाइँलाई फैलाउनुपर्छ भन्ने लाग्छ भने सक्दो share गरिदिनुहोला ।