FLASH NEWS

पोखरा कोटिहोम कार्यक्रम तालिका सार्वजनिक !


नेपाल आवाज ९ फाल्गुन २०८१, शुक्रबार २०:२० मा प्रकाशित ९०१ पाठक संख्या

पोखरा । आगामी बैसाख महिनादेखी पोखरामा आयोजना गर्न लागिएको कोटिहोम बिवादित बन्दै गएर पोखरा महानगरले कार्यक्रम आयोजना गर्न नदिने बताए पनि कार्यक्रमको तालिका भने सार्वजनिक भएको छ ।

सार्वजनिक भएको तालिका र कार्यक्रमको बिवरण निम्न अनुसार रहेको छ ।


ऐतिहासिक श्रीगण्डकी शत(सय) कुण्डीय गायत्री कोटिहोम विराट् ज्ञान महायज्ञको पावन अवसरमा आयोजित खुल्ला राष्ट्रिय भजन प्रतियोगिता कार्यक्रम (२०८२ बैशाख १५ देखि २०८२ जेठ २० गते सम्म)
लेकसाइड, पोखरा, कास्की (फेवाताल किनार, हलनचोक)

१. यस प्रतियोगितामा सहभागिताको लागि समुह दर्ता गर्ने मिति २०८१ फाल्गुन १५ गते दखि २०८२ बैशाख ०१ गतेसम्म ।
२. यस प्रतियोगितामा सहभागी हुन कुनै दर्ता शुल्क लाग्ने छैन ।
३. यस प्रतियोगितामा आमा समुह, युवा क्लब, विभिन्न संघ/ संस्था, धार्मिक क्षेत्र विकास समिति अथवा जुनसुकै भजन समुह पनि सहभागी हुन सक्नुहुनेछ ।
४. यस प्रतियोगितामा प्रथम, द्वितिय, तृतीय, शान्तवना हुने २ समुहलाई क्रमश:
• प्रथम पुरस्कार: रु. ३,५५,५५५ /-
• द्वितिय पुरस्कार: रु. २,५५,५५५ /-
• तृतीय पुरस्कार: रु. १,५५,५५५ /-
• शान्तवना पुरस्कार: रु. ६५,५५५ /- का दरले नगद सहित प्रमाण पत्र र मायाको चिनो प्रदान गरिनेछ ।
५. यस प्रतियोगितामा उत्कृष्ट १० विधामा १० वटा समुहलाई रु. २५,५५५ /- नगद सहित प्रमाण पत्र र मायाको चिनो प्रदान गरिनेछ ।
१० विधाहरु:
• उत्कृष्ट भेषभुषामा
• उत्कृष्ट वाद्ययन्त्रमा
• उत्कृष्ट प्रस्तुतिकरणमा
• उत्कृष्ट अनुशासनमा
• उत्कृष्ट झाँकी तथा अभिनयमा
• उत्कृष्ट नृत्यमा
• उत्कृष्ट शब्द चयनमा
• उत्कृष्ट स्वर महिला तर्फ
• उत्कृष्ट स्वर पुरुष तर्फ
• उत्कृष्ट बाल कलाकार तर्फ
६. यस प्रतियोगितामा पोखरा महानगरपालिका भित्रका ३३ वडा बाट सहभागी हुनुहुने प्रत्येक समुहलाई रु. ५ हजार, प्रमाण पत्र र मायाको चिनो प्रदान गरिनेछ।
७. यस प्रतियोगितामा महानगर भन्दा बाहिर कास्की जिल्ला भित्रबाट सहभागी हुनुहुने प्रत्येक समुहलाई रु. ७ हजार, प्रमाण पत्र र मायाको चिनो प्रदान गरिनेछ।
८. यस प्रतियोगितामा कास्की जिल्ला भन्दा बाहिर गण्डकी प्रदेश भित्रका जिल्लाहरुबाट सहभागी हुनुहुने प्रत्येक समुहलाई रु. ११ हजार, प्रमाण पत्र र मायाको चिनो प्रदान गरिनेछ।
९. यस प्रतियोगितामा गण्डकी प्रदेश भन्दा बाहिरका ६ वटै प्रदेशबाट सहभागी हुनुहुने प्रत्येक समुहलाई रु. १३ हजार, प्रमाण पत्र र मायाको चिनो प्रदान गरिनेछ।
१०. यस प्रतियोगितामा देश भन्दा बाहिर विदेशबाट सहभागी हुनुहुने प्रत्येक समुहलाई रु. १५ हजार, प्रमाण पत्र र मायाको चिनो प्रदान गरिनेछ।
११. यस प्रतियोगितामा सहभागी हुनुहुने समुहले आफ्नो प्रस्तुति राख्दा आवश्यक वाद्यवादनको व्यवस्था आफै गर्नुपर्नेछ।
१२. यस प्रतियोगितामा सहभागी हुनुहुने समुहमा कम्तिमा ७ जना देखि बढीमा ४०/ ४५ जना सम्म सहभागी हुन सक्नुहुनेछ ।
१३. यस प्रतियोगितामा सहभागी हुने समुहलाई कम्तिमा १५ मिनेट देखि ३० मिनेट सम्मको समय प्रदान गरिनेछ ।
१४. यस प्रतियोगितामा निर्णायकको र आयोजकको निर्णय नै अन्तिम निर्णय हुनेछ ।

कार्यक्रम संयोजक: वरिष्ठ लोक दोहोरी तथा भजन गायक, समाजसेवी, राष्ट्रिय लोक भजन चुड्का संरक्षण प्रतिष्ठान नेपालका संस्थापक अध्यक्ष, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पुर्व अध्यक्ष तथा वर्तमान संरक्षक,
प्राज्ञ श्री प्रजापति पराजुली ज्यू
सम्पर्क: ९८५६०२३०८४, ०६१-५७०४३

आयोजक:
श्री मानव सेवा फाउण्डेसन, नेपाल
शाखा कार्यालय, पोखरा, कास्की
०६१-५८४७०१, ०६१-५८४७०२, ९८५६०८२२९०
९८५६०८२२९१, ९८६३२५२१२१, ९७०५२५२१२५