FLASH NEWS

पाल्पामा टिपर दुर्घटना हुँदा चालकको मृत्यु


नेपाल आवाज २६ बैशाख २०८२, शुक्रबार १०:२२ मा प्रकाशित ६७ पाठक संख्या

काठमाडौं, २६ वैशाख । पाल्पाको तिनाउ गाउँपालिका–३ सिद्धबाबा ड्यामसाइड नजिकै टिपर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।


बुटवलतर्फ आउँदै गरेको लु १ क २५१७ नम्बरको टिपरको टायर पन्चर हुँदा अनियन्त्रित भएर सडकबाट अन्दाजी ६५ मिटर तल तिनाउ खोला किनारमा खसेको थियो ।

विहीबार बेलुकी साढे ६ बजेतिर भएको दुर्घटनामा टिपर चालक रुपन्देहीको सियारी गाउँपालिका २ बस्ने अन्दाजी २६ वर्षीय प्रभाकर यादवको मृत्यु भएको हो ।

उनलाई घटनास्थलबाट उद्धार गरी लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पठाइएकोमा अस्पतालले मृत घोषणा गरेका थिए ।