FLASH NEWS

भारत–पाकिस्तान युद्धविराम : ट्रम्पले पाकिस्तानलाई यतिसम्म भनेर मन्जुर गराए


नेपाल आवाज २७ बैशाख २०८२, शनिबार १८:४७ मा प्रकाशित २३८३ पाठक संख्या

काठमाडौँ – भारत र पाकिस्तानबीच हालैका दिनहरूमा चर्किएको सैन्य तनाव अन्ततः अमेरिकी मध्यस्थतामा युद्धविराममा परिणत भएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबै देशका नेताहरूसँग लामो वार्तापछि पूर्ण र तत्काल युद्धविरामको घोषणा गरेका छन्।


युद्धविरामको पृष्ठभूमि

अप्रिल २२ मा भारतको जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणमा २६ जना हिन्दू पर्यटकको मृत्यु भएपछि भारतले पाकिस्तानमा रहेका आतंकी शिविरहरूमा ” अप्रेसन सिन्दुर ” नाममा हवाई आक्रमण गरेको थियो। यसपछि पाकिस्तानले “अपरेशन बुन्यान उल मर्सूस” अन्तर्गत भारतका सैन्य आधारशिविरहरूमा मिसाइल आक्रमण गरेको थियो। यस सैन्य झडपमा दुबै पक्षबाट ८० भन्दा बढीको मृत्यु भएको छ।

अन्तर्राष्ट्रिय मध्यस्थता र सहमति

अमेरिकी विदेशमन्त्री मार्को रुबियो र उपराष्ट्रपति जेडी भान्सले भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफसँग उच्चस्तरीय वार्ता गरेका थिए। साउदी अरेबिया र टर्कीले पनि मध्यस्थतामा सहयोग गरेका थिए। अन्ततः आज साँझ ५ बजेबाट युद्धविराम लागू गरिएको छ।

भारतको चेतावनी

भारतले स्पष्ट पारेको छ कि यदि पुनः कुनै आतंकवादी हमला भयो वा पाकिस्तानले आक्रामक कदम चाल्यो भने, भारतले कडा जवाफ दिनेछ। यद्यपि सुरुआत भने भारतबाट नहुने स्पष्ट गरिएको छ।

विश्व समुदायको प्रतिक्रिया

चीन, अमेरिका, रुस, इजरायल र फ्रान्सजस्ता देशहरूले युद्ध प्रारम्भ हुँदा आफ्ना हतियार प्रणालीहरूको परीक्षण गरेको बुझिएको छ। साथै, विश्व राजनीतिमा कुन देश कहाँ उभिएको हो भन्ने पनि प्रस्ट हुँदै गएको छ।

हवाई यातायातमा प्रभाव

युद्धको कारण भारतले उत्तर र पश्चिमका ३२ वटा विमानस्थलहरू बन्द गरेको छ। पाकिस्तानले पनि आफ्नो हवाई क्षेत्र पुनः खोल्ने संकेत दिएको छ। दुबै देशका सीमावर्ती क्षेत्रहरूमा नागरिकहरू सुरक्षित स्थानमा सार्ने कार्य भइरहेको छ।

पाकिस्तान गल्यो : मिसाइल निष्क्रिय, अन्तर्राष्ट्रिय दबाब चुलियो

भारतको तर्फबाट अत्याधुनिक एन्टी-मिसाइल प्रणाली प्रयोग गरी पाकिस्तानका प्रायः सबै ब्यालेस्टिक मिसाइलहरू हावामै निष्क्रिय पारिएपछि इस्लामाबादमा खैलाबैला मच्चिएको थियो। सैन्य नेतृत्वले प्रधानमन्त्री शहबाज शरीफलाई न्युक्लियर विकल्पको सुझाव दिए पनि अन्तर्राष्ट्रिय दबाबका कारण पाकिस्तान पछि हट्न बाध्य भयो।

अमेरिका, साउदी अरेबिया, युएई र टर्कीबाट सीधा फोन वार्तापछि पाकिस्तानले तत्काल युद्ध रोक्न तयार भएको भारतीय गुप्तचर सूत्रहरूले बताएका छन्।

चीनको रणनीतिक मौनता : पाकिस्तानको आशा अधुरो

पाकिस्तानको लामो समयदेखि रणनीतिक साझेदार रहँदै आएको चीनले युद्धको क्रममा प्रत्यक्ष सैन्य समर्थन त दिएन नै, अन्तिम क्षणमा पाकिस्तानलाई संयमता अपनाउन दबाब दिएको खुलेको छ। विशेषतः पाकिस्तानको न्युक्लियर कार्यक्रममाथि चीनको नियन्त्रण रहेको भन्ने रिपोर्टपछि अमेरिका र ईजरायलले बेईजिङ्गतर्फ गम्भीर सन्देश पठाएका थिए।

युद्धकालमा चीनले केवल “ शान्ति ” को सन्देश दिइरहेको थियो, चीनको यो कदमले पनि पाकिस्तानको आशालाई ठूलो झड्का दिएको बुझिएको छ ।

ट्रम्पको कूटनीतिक हस्तक्षेप : फोनमै निर्णायक सहमति !

डोनाल्ड ट्रम्पले आफ्नो विश्व सल्लाहकार टोलीसहित भारत र पाकिस्तान दुबै पक्षसँग निरन्तर टेलिफोन संवाद जारी राखे। उनले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग कुराकानी गर्दै भारतलाई पहिला आक्रमण नगर्न तर तयारीमा रहन सुझाएका थिए। त्यस्तै, पाकिस्तानलाई युद्धविराम स्वीकार नगरे गम्भीर अन्तर्राष्ट्रिय परिणाम आउने चेतावनी समत दिएका थिए।

ट्रम्पको प्रस्ताव यस्तो थियो :

युद्ध तत्काल रोकिनुपर्ने ।

दुबै पक्ष वार्ता टेबुलमा फर्किनुपर्ने ।

भविष्यमा आतंकवादी घटना घटेमा त्यसको जिम्मेवारी पाकिस्तानले लिनुपर्ने।

न्युक्लियर प्रयोग “रेड लाइन” हो : त्यसपार कोहि गएमा परिणाम भयावह हुने।