FLASH NEWS

चीनको भनाई, ” पाकिस्तानको सार्वभौमसत्ता रक्षा गर्नु हाम्रो कर्तब्य हो “


नेपाल आवाज २८ बैशाख २०८२, आईतवार ०८:०२ मा प्रकाशित २२३९ पाठक संख्या

काठमाडौ । चीनले पाकिस्तानको सार्वभौमिकता र क्षेत्रीय अखण्डताको समर्थनलाई दोहोर्याएको छ।


चीनका विदेशमन्त्री वाङ यी र पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक डारबीच टेलिफोन वार्तामा यो प्रतिबद्धता चिनद्वारा पुन: व्यक्त गरिएको हो।

वाङले पाकिस्तानले संयमित रणनीति अवलम्बन गरेको प्रशंसा गर्दै चीन-पाकिस्तान मित्रतालाई “सबै मौसमको साझेदारी” भनेका छन्। उनले दुई देशबीच रणनीतिक सहयोग कायम रहने बताए। ”

जस्तोसुकै अवस्थामा पनि पाकिस्तानको पक्षमा चीन उभिन तयार छ ” उनले बताए ।

क्षेत्रीय तनाव र युद्धविराम
यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीच “पूर्ण युद्धविराम” घोषणा गरेका छन्। यो सम्झौता दुई देशबीच सैन्य तनाव पछि अमेरिकाको मध्यस्थतामा भएको हो। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले प्रधानमन्त्री नरेन्द्र मोदी र शहबाज शरिफको “संयम र नेतृत्व” लाई सराहना गरे।

तर युद्ध विराम पश्चात् पनि हिजो राती पाकिस्तानले सिमा क्षेत्रमा गोलाबारी गरेपछी युद्ध विरामको स्थिरतामा प्रश्नचिन्ह उब्जिएको छ ।

अन्य कूटनीतिक सम्पर्क
डारले युएईका विदेशमन्त्री शेख अब्दुल्ला बिन जाएद र टर्कीका हाकान फिदानसँग पनि क्षेत्रीय स्थिरताबारे छलफल गरेका छन्।