FLASH NEWS

प्रधानमन्त्री ओली गफले सिमा नाघ्योः नेपालको भूमिकाले-भारत पाकिस्तान युद्ध अन्त्य भएको दाबी


नेपाल आवाज २९ बैशाख २०८२, सोमबार १३:५६ मा प्रकाशित ४९ पाठक संख्या

काठमाडौं, २९ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी दुई मुलुक भारत–पाकिस्तानबीचको लडाईं नेपालको अनुरोधमा रोकिएको दाबी गरेका छन् ।


२५६९ औं बुद्ध जयन्तीका अवसरमा सोमबार मध्याह्न लुम्बिनीमा आयोजित मूल समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने, ‘गत साता भारत–पाकिस्तानबीच तनाव उत्पन्न हुँदा पनि हामीले शान्ति कायम गर्न अनुरोध गर्यौँ र लडाइँ रोकियो ।’

बुद्ध शिक्षालाई आत्मसात गरेरै अन्तर्राष्ट्रियस्तरमा बढिरहेको द्वन्द्व अन्त्यका लागि नेपालले अनुरोध गरिरहेको उनको भनाइ छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारत र पाकिस्तानलाई गौतम बुद्धको सन्देश अपनाउन सुझाव दिएपछि युद्धले पूर्णविराम पाएको उनको दाबी थियो ।

नेपालले सुझाव नदिएको भए दुई देशबीचको युद्ध अझै लम्बिनसक्ने प्रधानमन्त्रीको विश्लेषण छ । ‘भारत र पाकिस्तानबीच हात हालाहालको स्थिति सिर्जना भइसकेको थियो’,  ‘तर हामीले दुवै देशलाई बुद्धको सन्देश स्मरण गराएर संयम र संवादको मार्ग रोज्न आग्रह गयौँ ।’

विश्व शान्ति कायम गर्न बुद्धको शिक्षाले अतुलनीय योगदान दिएको प्रम ओलीले बताए । ‘बुद्धका शिक्षा र सन्देशका मुल आधार भनेको शान्ति, सहिष्णुता, करुणा, प्रेम र मानवता हुन्, यी कुराहरुलाई आत्मसात नगर्दासम्म विश्व शान्ति सम्भव छैन, यसरी पनि बुद्धको स्तरलाई मापन गर्न सक्छौ’, उनले भने ।