काठमाडौं, ३० बैशाख । अहिले लुम्बिनी प्रदेशसभाकी जनमत पार्टीकी सांसद गीता गुरूङले सांसद पदबाट राजीनामा दिएको विषयमा चर्चामा छ ।
उनले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको र जनताको करबाट तलब नखाने राजीनामा पत्रमा उल्लेख गरेकी छिन् । तर उनले काम गर्न नसकेर होइन देशै छोडेर विदेश पलाएन भएको खुलेको छ ।
उनी दुई महिनाअघि नै सदाका लागि बेलायत पलायन भएको खुलेको हो ।
उनले उतैबाट राजीनामा पठाएको पाइएको छ ।