FLASH NEWS

पनौतीमा बेपत्ता महिला खोजी गर्ने क्रम जारी


नेपाल आवाज ३० बैशाख २०८२, मंगलवार १६:२७ मा प्रकाशित ७३ पाठक संख्या

बनेपा, ३० बैशाख । पनौतीमा खोलामा डुबेर बेपत्ता भएकी महिलाको खोजी कार्य जारी रहेको छ ।


काभ्रेस्थित पनौती नगरपालिका–५ मा बैशाख २९ गते बाढिमा बेपत्ता महिलाको खोजी गर्नका लागि सशष्त्र प्रहरी बल १५ नम्बर गण, काभ्रेको सुरक्षा फौज लागिरहेको हो ।

हिजो साँझ ६ः०० बजे पनौती नगरपालिका–५ स्थित सुब्बागाउँमा ढलमले खोलाले बगाउँदा सोही ठाउँ निवासी ३३ वर्षीया रेनुका गिरी बेपत्ता भएकी थिइन् ।