काठमाडौं, ३१ वैशाख । काठमाडौंको मखन गल्लीमा आगलागी भएको छ ।
आज बिहान काठमाडौं महानगरपालिका–२४ स्थित मखन गल्लीको सुरज आर्केडपछाडि रहेको चार तले घरबाट आगलागी सुरु भएको थियो ।
बिहान ६ : ५० बजे दयाराम श्रेष्ठको घरको तेस्रो तल्लामा ग्यास लिक भएर आगलागी हुँदा छेउमै रहेको रुकेश श्रेष्ठको पाँच तले घरमा पनि आगलागी भइरहेको छ ।
मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बलको टोलीले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ ।
६ वटा दमकलले आगो नियन्त्रणमा प्रयोग गरिएको तर आगो नियन्त्रणमा नआएको प्रहरीले जानकारी दिएको छ ।