FLASH NEWS

सिरियामाथिको प्रतिबन्ध हटाउने ट्रम्पको घोषणा


नेपाल आवाज १ जेष्ठ २०८२, बुधबार ०९:२३ मा प्रकाशित ४३ पाठक संख्या

काठमाडौं, ३१ वैशाख । अमेरिकाले सिरियामाथिको प्रतिबन्ध हटाउने घोषणा गरेको छ ।


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो दोस्रो कार्यकालको पहिलो आधिकारिक विदेश भ्रमणअन्तर्गत मंगलबारदेखि साउदी अरेबियाको भ्रमणमा छन् । भ्रमणका क्रममा साउदी अरेबियाका राजधानी रियादमा बोल्दै ट्रम्पले सिरियाविरुद्ध लगाइएका सबै प्रतिबन्ध हटाउने घोषणा गरेका हुन् ।

अमेरिकी राष्ट्रपति ट्रम्पले साउदी अरबलाई अमेरिकाको सबैभन्दा बलियो साझेदार भन्दै भ्रमणको पहिलो दिन नै साउदी अरेयिबासँग १४२ अर्ब डलरको हतियार सम्झौता सार्वजनिक गरेका छन् ।

ट्रम्पले २०१७ मा आफ्नो पहिलो कार्यकालको सुरुआत पनि साउदी अरेबियाको भ्रमणबाट गरेका थिए ।