FLASH NEWS

बुधबारका लागि यस्तो छ विदेशी मुद्राको विनिमयदर


नेपाल आवाज १ जेष्ठ २०८२, बुधबार ०९:२९ मा प्रकाशित ६७ पाठक संख्या

काठमाडौं, ३१ वैशाख । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ ।


राष्ट्र बैंकले निर्धारण गरेको विनिमयदर अनुसार आज अमेरिकी डलरको भाउ घटेको छ । आज डलरको भाउ १ को खरिददर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा छ ।

यसैगरी, आज युरो १ को खरिददर १५१ रुपैयाँ ३६ पैसा र बिक्रीदर १५२ रुपैयाँ ०२ पैसा छ ।

त्यस्तै, आज यूके पाउन्ड स्ट्रर्लिङ १ को खरिददर १७९ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८० रुपैयाँ ७४ पैसा छ ।

त्यसैगरी, अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ३६ पैसा र बिक्रीदर ८७ रुपैयाँ ७४ पैसा छ । कुवेती दिनार १ को खरिददर ४४२ रुपैयाँ ९७ पैसा र बिक्रीदर ४४४ रुपैयाँ ९२ पैसा छ ।

आज बहराइन दिनार १ को खरिददर ३६१ रुपैयाँ ४० पैसा र बिक्रीदर ३६२ रुपैयाँ ९९ पैसा छ ।