FLASH NEWS

जेठका लागि वाणिज्य बैंकको नयाँ ब्याजदर सार्वजनिक


नेपाल आवाज १ जेष्ठ २०८२, बुधबार ११:४९ मा प्रकाशित ७९ पाठक संख्या

काठमाडौं । जेठ महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठ १ गतेदेखि लागू हुनेगरि बुधबार बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।


हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुको नयाँ ब्याजदर हेर्ने हो भने मुद्दती निक्षेपमा व्यक्तिगततर्फ औसत ५.९५ प्रतिशत रहेको छ । संस्थागततर्फ औसत ४.३९ प्रतिशत कायम गरिएको छ ।

जेठका लागि १४ वाणिज्य बैंकले बैशाख महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् भने ३ वटा बैंकले घटाएका छन् । ब्याजदर घटाउने बैंकहरुमा कुमारी बैंक, सिद्धार्थ बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेका छन् ।

जेठ महिनाका लागि तीन वटा वाणिज्य बैंकले ब्याजदर बढाएका छन् । जसमा एभरेष्ट बैंक, नेपाल बैंक र सानिमा बैंक रहेका छन् ।