FLASH NEWS

सगरमाथा संवादमा सहभागी हुन काठमाडौं आइपुगे चिनियाँ नेता सियाओ


नेपाल आवाज २ जेष्ठ २०८२, बिहीबार १०:०१ मा प्रकाशित ६१ पाठक संख्या

काठमाडौं, १ जेठ । चीनको राष्ट्रिय जन कांग्रेसको स्थायी समितिका उपाध्यक्ष सियाओ जी नेपाल भ्रमणका लागि बिहीबार राति काठमाडौं आइपुगेका छन् ।


उनी सगरमाथा संवादमा सहभागी हुन चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा आएका हुन् ।

उपाध्यक्ष सियाओलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले स्वागत गरेका थिए ।

सगरमाथा संवाद भोलि जेठ २ देखि ४ गतेसम्म यहाँ हुँदैछ ।