FLASH NEWS

सुनको भाउ ३५ सयले घट्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?


नेपाल आवाज २ जेष्ठ २०८२, बिहीबार १०:५२ मा प्रकाशित ६१ पाठक संख्या

काठमाडौं, १ जेठ । स्थानीय बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ। अघिल्लो दिन बुधबार ५ सय रुपैयाँले वृद्धि भएको सुन आज ३५ सय रुपैयाँले घटेको हो ।


नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ३५ सय रुपैयाँले घटेर प्रतितोला सुनको मूल्य १ लाख ८१ हजार ८०० रुपैयाँ कायम भएको छ।बुधबार एक तोला सुनको भाउ १ लाख ८४ हजार ३०० रुपैयाँ पुगेको थियो ।

यसैगरी सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि घटेको छ। आज एक तोला चाँदी १९ सय २५ रुपैयाँमा खरिदबिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार प्रतितोला चाँदीको मूल्य १९ सय ६० रुपैयाँ कायम भएको थियो ।