FLASH NEWS

रबिन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरणको मुद्दा न्यायधिसद्दय चुडाँल र श्रेष्ठको इजालासमा


नेपाल आवाज ३ जेष्ठ २०८२, शुक्रबार ११:३३ मा प्रकाशित ४९ पाठक संख्या

काठमाडौं, २ जेठ । बिगत दुई महिना देखी थुनामा रहेका राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रको बन्दी प्रत्यक्षीकरण रिटमा आज सुनवाइ हुदैँछ ।


मिश्रकी श्रीमती सारिका कार्की मिश्रले दायर गरेको बन्दी प्रत्यक्षीकरणको मुद्दा माथी आज  न्यायाधीश कुमार चुँडाल र तिलप्रसाद श्रेष्ठको इजलासमा सुनवाइ हुदैँछ ।

गत बुधबार न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले कारण देखाऊ आदेश जारी गर्दै अनुसन्धानको मिसिलसहित २४ घण्टाभित्र मिश्रलाई इजलासमा उपस्थित गराउन आदेश गरेको थियो ।

जस अनुसार बिहीबार साँझ सर्वोच्च अदालतमा उपस्थित गराइएको थियो । उनलाई आज  पनि अदालतमा उपस्थित गराईदैँछ ।