आज: | Tue, 19, Mar, 2024
FLASH NEWS

अर्घाखाँचीमा ४७ फिटको त्रिशूल स्थापना


नेपाल आवाज २९ पुष २०७९, शुक्रबार १०:४४ मा प्रकाशित १२८५ पाठक संख्या

अर्घाखाँचीको सन्धिखर्कमा ४७ फिट अग्लो त्रिशूल स्थापना गरिएको छ । सन्धिखर्क नगरपालिका–२ घोचाखोलामा रहेको कार्यश्वर शिवालय मन्दिर परिसरमा वैदिक विधिपूर्वक पूजाआजा गरी बिहीबार ४७ फिट अग्लो त्रिशूल स्थापना गरिएको हो ।

धार्मिक पर्यटक भित्राउने उद्देश्यले स्थापना गरिएको त्रिशुल ६८० केजी तौल र ४७ फिट उचाइ रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामु केसीले जानकारी दिए।

सन्धिखर्क बजारबाट नजिकै प्राकृतिक मनोरम वातावरणमा रहेको यस मन्दिर क्षेत्रमा शिवरात्रीको दिन विशेष पूजाआजा तथा दैनिक पूजा हुँदै आएको छ । पूजाआजामा स्थानीयको सक्रिय सहभागिता हुने गरेको छ ।

त्रिशुल हाल दुवईमा रहेका युवा अर्जुन केसीले सौजन्य गरेको अध्यक्ष केसीले बताए । मन्दिरभित्र अरु विभिन्न संरचनाहरुसमेत तयार गरिने मन्दिर व्यवस्थापन समितिले जानकारी दिएको छ ।