FLASH NEWS

मेला हेरेर फर्केका दुई जनाको मोटरसाइकल दुर्घटनामा मृत्यु


नेपाल आवाज २ माघ २०७९, सोमबार १९:१० मा प्रकाशित २१२५ पाठक संख्या

गण्डक नहरको थलही पुलमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । महागढीमाई नगरपालिका–९ पिपराविर्तास्थित गण्डक नहरको थलही पुलमा मोटरसाइकल दुर्घटना हुदाँ दुई जनाको मृत्यु भएको हो ।


बारा प्रहरीका अनुसार सिम्रोनगढ नगरपालिका– १ बैरियाका २२ वर्षीय ताहिद अन्सारी र २३ वर्षीय कासिम अन्सारीको मृत्यु भएको हो । सो दुर्घटनामा  परेर बैरिया कै २२ वर्षीय गुड्डु अन्सारी सामान्य घाइते भएका छन् ।

बाराका प्रहरी नायब उपरीक्षक राजेश थापाका अनुसार स्थानिय तहमा लागेको मेला हेरेर घर फर्किदै गरेका उनीहरु सवार मोटरसाइकल राति ९ बजे अनियन्त्रित भइ थलहि पुलमुनि खस्न पुगेको थियो । मृतक दुवैजनाको शव थलही खोलामा फेला परेको थियो ।