FLASH NEWS

जिल्ला अदालतल तनहुँले दियो पल शाहलाई सफाइ


नेपाल आवाज ३ माघ २०७९, मंगलवार १९:१७ मा प्रकाशित २९७७ पाठक संख्या

जिल्ला अदालत तनहुँले बालिका ब’लात्कार आरोप लागेका अभिनेता पल शाहलाई सफाइ दिएको छ । न्यायाधीश कोमलप्रसाद आचार्यको इजलासले अभियोग दाबी नपुग्ने फैसला गरेको हो ।


जिल्ला सरकारी वकिलको कार्यालय तनहुँ ले पलविरूद्ध अधिकतम १४ वर्ष कैद सजायको माग गर्दै मंगलबार अभियोग पत्र अदालतमा दर्ता गरेको थियो ।

नाबालिग गायिकाले झूटो प्रेमको बहाना गरेर पोखरा, तनहुँ र नवलपुरमा पटक-पटक पलले ब’लात्कार गरेको भन्दै उनका परिवारले तनहुँ प्रहरी मा उजुरी दिएको थियो । पीडित परिवारले नवलपुर प्रहरी मा पनि १५ गते जाहेरी दिएको थियो ।

नवलपुर अदालतले उनलाई ब’लात्कार मुद्दाबाट सफाइ दिए पनि बाल यौ’न दु’र्व्यवहारमा साढे दुई वर्ष कैद सुनाएको थियो ।