FLASH NEWS

पोखरा विमान दुर्घटनामा बेपत्ता भएका थप एक जनाको शव फेला भेटियो


नेपाल आवाज ३ माघ २०७९, मंगलवार १९:४३ मा प्रकाशित १८३७ पाठक संख्या

आइतबार पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनामा परेका थप एक जनाको शव फेला परेको छ । मंगलबार थप एक जनाको शव फेला परेको कास्की प्रहरीले जनाएको छ । सोमबारसम्म ७० जनाको शव फेला परेको थियो । आइतबार पोखराको सेती खोँच मा विमान दुर्घटना हुँदा ६८ यात्रु र चार जना चालक दलका सदस्यको मृत्यु भएको थियो । अझैँ एक जना बेपत्ता रहेको र खोजी कार्य जारी रहेको प्रहरीको भनाइ छ ।