FLASH NEWS

अमेरिकी डलरको मूल्य घट्यो, आज कुन मुद्रा कतिमा हुँदैछ कारोबार ?


नेपाल आवाज ५ माघ २०७९, बिहीबार १२:०० मा प्रकाशित १९२७ पाठक संख्या

नेपाल राष्ट्र बैंकले बिहीबार लागि अमेरिकी डलरको मूल्य खरिददर खरिददर १२९ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३० रुपैयाँ २९ पैसा कायम गरेको छ। अघिल्लो दिनको तुलनामा यसको मूल्य ८३ पैसा घटेको हो। बुधबार अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ५२ पैसा र बिक्रीदर १३१ रुपैयाँ १२ पैसाथियो ।


बिहीबार युरोपियन युरोको भाउ पनि घटेको छ। युरोपियन युरो एकको खरिदमा १४० रुपैयाँ ८८ पैसा र बिक्रीमा १४१ रुपैयाँ ५३ पैसामा कारोबार भइरहेको छ । यसअघि, बुधबार युरो एकको खरिददर १४१ रुपैयाँ १७ पैसा र बिक्रीदर १४१ रुपैयाँ ८२ पैसा थियो।

अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ १० पैसा र बिक्रीदर ९१ रुपैयाँ ५२ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिद मूल्य भने ९७ रुपैयाँ ८ पैसा र बिक्रीमूल्य ९७ रुपैयाँ ५३ पैसा मा कारोबार भइरहेको छ । साथै बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६० रुपैयाँ २६ पैसा र बिक्रीदर १६१ रुपैयाँ १ पैसा तोकिएको छ।

कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ४९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ६६ पैसा रहेको छ । राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३४ रुपैयाँ ५३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ६९ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३५ रुपैयाँ ३१ पैसा र बिक्रीमा ३५ रुपैयाँ ४७ पैसा तोकेको छ । बिहीबार मलेसियन रिंगिट एकको खरिददर ३० रुपैयाँ ७ पैसा र बिक्रीदर ३० रुपैयाँ २१ पैसा रहेको छ।

बिहीबार कुवेती दिनार एकको खरिद मूल्य ४२४ रुपैयाँ ७० पैसा र बिक्री मूल्य ४२६ रुपैयाँ ६६ पैसामा कारोबार भइरहेको छ ।  त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३४४ रुपैयाँ ३ पैसा र बिक्रीदर ३४५ रुपैयाँ ६२ पैसा तोकिएको छ।