FLASH NEWS

तस्बिरमा सभामुखमा निर्वाचित देवराज घिमिरे


नेपाल आवाज ५ माघ २०७९, बिहीबार १७:५४ मा प्रकाशित २०६५ पाठक संख्या

काठमाडौं । प्रतिनिधिसभाले सभामुखमा एमालेका देवराज घिमिरेलाई चयन गरेको छ । प्रतिनिधिसभाको बिहीबार बैठकमा मतविभाजनको आधारमा उनी सभामुखमा चयन भएका हुन् ।


सभामुखमा सत्तारुढ दलको तर्फबाट घिमिरे र कांग्रेसको तर्फबाट ईश्वरीदेवी न्यौपानेले उम्मेदवारी दिएका थिए । घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ मत  र विपक्षमा १०० मात्र मत र मत दिन्न भन्नेमा १ मत परेको छ । बैठकमा २६८ सांसद उपस्थित भएका ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले जानकारी दिए ।

१६७ मत पाएसँगै घिमिरेलाई सभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको छ । सभामुखमा निर्वाचित भएपछि उनलाई बैठक कक्षमै विभिन्न दलका सांसदहरुले बधाई तथा शुभकामना दिएका थिए ।