काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढ्दै गएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ५ हजार २ सय रुपैयाँ कायम भएको छ।
बिहिबार प्रति तोला १ लाख ४ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ७ सयले बढेर १ लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको हो । त्यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ४ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ।
त्यसैगरी, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला २० रुपैयाँले बढेको छ। बिहिबार चाँदीको प्रति तोला १ हजार ३ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।