FLASH NEWS

प्रमुख प्रतिपक्षी दलको दाबी सुविधाको लागि होइन : नारायणमान विजुक्छें


नेपाल आवाज ८ माघ २०७९, आईतवार १८:१९ मा प्रकाशित १६३९ पाठक संख्या

भक्तपुर । नेपाल मजदुुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले  संघीय संसदमा प्रमुख प्रतिपक्ष दल माथि आफूहरु को दावी कुनै सुविधा पाउने नियतले नभएको बताएका छन् । प्रमुख प्रतिपक्षी दलकाे दाबी सरकारी सुविधा पाउन को लागि नभएको उनको भनाइ छ ।


४९औं पार्टी स्थापना दिवसको अवसरमा आइतबार भक्तपुरमा आयोजित एक कार्यक्रममा उनले पार्टीले लेनदेन को नभई सिद्धान्तको आधारमा चल्ने बताए ।

पार्टी सचिव एवं संघीय सांसद प्रेम सुवालले नेपालमा विद्यमान संविधान र ऐन कानुन अनुसार नेमकिपा लाई नै प्रमुख प्रतिपक्षी दल घोषणा गर्नु पर्ने जिकिर गरे । कार्यक्रममा ७० वर्ष उमेर नाघि सकेका ११ जना कार्यकर्ताहरु लाई सम्मान गरिएको थियो ।