FLASH NEWS

चोरीको चुरोट किन्ने वडाध्यक्ष प्रहरी नियन्त्रणमा


नेपाल आवाज १४ माघ २०७९, शनिबार ०८:३८ मा प्रकाशित १३९३ पाठक संख्या

बाराको कलैया उपमहानगरपालिका-३ का वडा अध्यक्ष मोहन साह कानु प्रहरी नियन्त्रणमा परेका छन् । चोरीको चुरोट बरामद भएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । गणेश साहले सञ्चालन गरेको गोदामको ताल्चा फोडेर २ कार्टुन चुरोट चोरी भएको थियो । चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको थियो । पक्राउ परेका व्यक्तिले चुरोट वडा अध्यक्षले खरिद गरेको वयान दिएपछि उनलाई सोधपुछका लागि बोलाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।