FLASH NEWS

गृह मन्त्रालय नपाए सरकारबाट बाहिरिने रास्वपाको निर्णय


नेपाल आवाज १५ माघ २०७९, आईतवार १८:५६ मा प्रकाशित १४८३ पाठक संख्या

राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति बैठकले आफूले पुनः गृह मन्त्रालय पाउनुपर्ने अडान लिने भएको छ । आज बसेको पार्टीको केन्द्रीय समिति बैठकले पुन: आफूले नै गृह मन्त्रालय पाउनुपर्ने रणनीति अवलम्बन गर्ने निर्णय गरेको हो । रवि लामिछानेलाई फेरि गृह मन्त्रीकै रूपमा पठाउने तयारी पार्टीको रहेको एक नेताले बताए । गृह मन्त्रालय नपाए आफूहरू सरकारबाट बाहिरिने उनको चेतावनी छ ।


बैतडीबाट लागूऔषधसहित एक जना पक्राउ: बैतडीबाट लागूऔषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । दशरथ नगरपालिका-८ त्रिपुरा पुजारीगाउँबाट अवैध लागूऔषधसहित ५० वर्षीय नारायणसिंह थापालाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । लागूऔषध चरेश २ सय ८० ग्रामसहित थापालाई प्रहरी प्रक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय बैतडीबाट खटिएको प्रहरीले नारायण सिंहको खुद्रा पसल, घर र शरीर खानतलासी गर्ने क्रममा चरेश फेला परेपछि उनी पक्राउ परेका थिए । उनलाई पक्राउ गरेर थप अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।