FLASH NEWS

खेत बारीमा एक जना मृत फेला


नेपाल आवाज १५ माघ २०७९, आईतवार १९:२९ मा प्रकाशित १२७९ पाठक संख्या

कैलालीको गोदावरीमा एक जना मृत फेला परेका छन् । गोदावरी नगरपालिका वडा नम्बर ९ सेहरीका ६३ वर्षीय सन्चा राना मृत फेला परेका हुन् । उनी आफ्नै खेत बारीमा आइतबार मृत अवस्थामा फेला परेको प्रहरीले बताएको छ । यस विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


भक्तपुरस्थित राप्रपा नेपालको पार्टी कार्यालयमा चोरी: भक्तपुरको सल्लाघारीस्थित राष्टिय प्रजातन्त्र पार्टी नेपाल भक्तपुर जिल्ला पार्टी कार्यालयबाट शनिबार राति चोरी भएको छ । पार्टी कार्यालयबाट सीजी कम्पनीको ३२ इन्चको टिभी एक थान (अन्दाजी मूल्य रु ३६ हजार) बराबरको चोरी भएको भक्तपुर प्रहरीले जनाएको छ ।

भक्तपुर नगरपालिका वडा नम्बर १ सल्लाघारी कटुञ्जे चोकस्थित बलराम थापाको तीनतल्ले घरको दोश्रो तल्लामा रहेका तीन वटा कोठाको ताला फोडेर चोरी भएको परिसरका प्रमुख एसपी प्रजित केसीले जनाए । उनका अनुसार रातको समयमा मूल ढोका खुल्ला रहेको थियो ।

उक्त स्थानमा महानगरीय प्रहरी बृत जगाती भक्तपुरबाट प्रहरी निरीक्षक सुन्दर चौलागाईको कमाण्डमा टोली खटिइ अनुसन्धान भएको जनाइएको छ । चोरी गर्ने व्यक्ति हालसम्म फरार छन् । घटनास्थल बृत जगातीबाट दुई किलोमिटर पश्चिममा पर्छ ।