FLASH NEWS

सुकुम्बासी बस्ती हटाउन मेयर बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग


नेपाल आवाज १६ माघ २०७९, सोमबार १२:४५ मा प्रकाशित १८७९ पाठक संख्या

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र  (बालेन) साहले बागमती करिडोरमा रहेका सुकुम्बासी बस्ती हटाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सँग सहयोग मागेका छन् ।  सोमबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेर मेयर साहले थापाथलीमा रहेको सुकुम्बासी बस्ती हटाउन सहयोग मागेका हुन् ।  केही दिनअघि तत्कालीन गृहमन्त्री रवि लामिछानेलाई पनि भेटेर सहयोग मागेका साह सोमबार गृहमन्त्रालयको जिम्मेवारी समेत सम्हालेका प्रधानमन्त्री प्रचण्डलाई भेटेर सुकुम्बासी बस्ती हटाउन सहयोग मागेका हुन् । केही महिना अघि सुकुम्बासी बस्ती हटाउन पुगेका सुरक्षाकर्मी माथि स्थानीय आक्रमणमा उत्रिएका थिए । त्यसयता मेयर साहले सरकार सँग सहयोग मागिरहेका छन् ।