FLASH NEWS

काठमाडौंका मेयर र गभर्नर अधिकारीबीच भेटवार्ता


नेपाल आवाज १६ माघ २०७९, सोमबार १८:४७ मा प्रकाशित १५२५ पाठक संख्या

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र राष्ट्र बैंकका गभर्नस महाप्रसाद अधिकारीबीच भेटवार्ता भएको छ ।


भेटका क्रममा सर्वसाधारणले सहकारीमा बचत गरेको रकम सुरक्षाका लागि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्र बैंकका गभर्नरसँग छलफल गरेका थिए ।

सोमबार राष्ट्रिय सभागृहमा भएको भेटमा मेयर बालेनले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँग महानगर क्षेत्रका सहकारीहरूमा सर्वसाधारणले गरेको बचत सुरक्षाका लागि सहयोग गरिदिन आग्रह गरेको महानगरले जनाएको छ ।

मेयर बालेनले सर्वसाधारणको बचत सुरक्षा गर्न काठमाडौं महानगपालिकाले अनुगमन र नियमनका कामलाई प्राथमिकता दिएको बताए ।

सहकारीहरूमा बचतको सिलिङ सम्बन्धी कानुनी प्रबन्ध गर्न सक्ने गभर्नर अधिकारीको भनाइ थियो । महानगरलाई आवश्यक पर्ने सहयोग राष्ट्र बैंकले उपलब्ध गराउने उनले बताएका थिए ।