FLASH NEWS

करेन्ट लागेर एक जनाको मृत्यु


नेपाल आवाज १६ माघ २०७९, सोमबार १९:१३ मा प्रकाशित ३०२५ पाठक संख्या

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका-९ ढिकुरामा करेन्ट लागेर एक जनाको ज्यान गएको छ । ढिकुराको भुजेलपानीमा विद्युत मर्मत गर्ने क्रममा सन्धिखर्क नगरपालिका-७ डिहिडाँडा निवासी १९ वर्षीय रोशन शाहको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द रिजालले बताए । करेन्ट लागेर गम्भीर घाइते भएका शाहलाई उपचारका लागि अर्घाखाँची जिल्ला अस्पतालमा पुर्‍याउना साथ चिकित्सकले मृत घोषणा गरेका थिए ।


उत्कृष्ट प्रहरी पुरस्कृत, आचरण विपरित काम गर्नेलाई कारबाही: जिल्ला प्रहरी परिसर भक्तपुर तथा मातहत वृत्तहरू र प्रभागमा कार्यरत रही उत्कृष्ट काम गर्ने प्रहरी पुरस्कृत भएका छन् । उत्कृष्ट ढंगबाट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई भक्तपुरमा पुरस्कृत गरिएको हो । उत्कृष्टलाई पुरस्कृत गर्दा अन्य प्रहरी कर्मचारीसमेत सकारात्मक प्रभाव पर्न गई कुशल कार्य सम्पादन गर्नेतर्फ उत्प्रेरित हुने भन्दै उनीहरूलाई पुरस्कृत गरिएको हो ।

भर्खरै सम्पन्न प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचन २०७९ मा आफूलाई सुम्पिएको जिम्मेवारी इमान्दार बफादार कर्तव्यनिष्ट भई उत्कृष्ट ढंगले कार्यसम्पादन गर्ने, अपराध रोकथाम नियन्त्रण तथा प्रभावकारी अनुसन्धान गर्ने, बालसुधारबाट फरार बाल बिज्याँईकर्तालाई खोजतलास गरी पक्राउ गर्ने, राजमार्गमा ट्राफिक प्रहरीसँग समन्वय गरी प्रभावकारी सडक सुरक्षा व्यवस्था प्रवाह गर्ने, लागूऔषध नियन्त्रण एवम् पक्राउ गर्ने साथै दैनिक प्रहरी कार्यमा उत्कृष्ट कार्य सम्पादन गर्ने २४ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको हो ।

प्रहरी परिसर भक्तपुरबाट प्रहरी नायब उपरीक्षकसहित १३ जना, प्रहरी वृत्त ठिमी भक्तपुरबाट प्रहरी निरीक्षकसहित ५ जना र प्रहरी वृत्त जगाती भक्तपुरबाट प्रहरी नायब निरीक्षकसहित ६ जना गरी कुल २४ जना प्रहरी कर्मचारीहरुलाई जिल्ला प्रहरी परिसर भक्तपुरका कार्यालय प्रमुख प्रहरी उपरीक्षक प्रजित केसीले नगद पुरस्कारद्वारा पुरस्कृत गरेका हुन् ।

यस आर्थिक वर्षमा प्रहरी आचरण विपरीत कार्य गर्ने, डिउटीमा मादक पदार्थ सेवन गरी लापरबाही गर्ने, आफूखुशी कार्यालय छोडी अनुपस्थित रहने साता जना प्रहरी कर्मचारीलाई प्रहरी नियमावली बमोजिम सेवाबाट हटाउने, दर्जा घटुवा, बढुवा रोक्का, नसिहद जस्ता कारबाहीसमेत गरिएको छ ।