FLASH NEWS

बढ्याे सुनकाे मूल्य, तोलामा कति ?


नेपाल आवाज १८ माघ २०७९, बुधबार १३:१७ मा प्रकाशित १५७९ पाठक संख्या

काठमाडौं । सुनको मूल्य बुधबार तोलामा ५०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोला १ लाख ६ हजार ३०० रुपैयाँ कायम भएको छ ।


यसअघि  मंगलबार छापावाल सुन तोलाको १ लाख ५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, तेजावी सुनको मूल्य बुधबार तोलाको १ लाख ५ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । मंगलबार यसको मूल्य तोलाको १ लाख ५ हजार ३०० रुपैयाँ निर्धारण भएको थियो ।

यता, बुधबार चाँदी पनि तोलामा ५ रुपैयाँले बढेको छ । चाँदी १३ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि, मंगलबार चाँदीको मूल्य १३ सय ६५ रुपैयाँ कायम रहेको थियो ।