FLASH NEWS

राप्रपामा जिम्मेवारी हेरफेर : उपयुक्त ब्यक्तिलाई उपयुक्त जिम्मेवारि


नेपाल आवाज १७ आश्विन २०८१, बिहीबार १९:१७ मा प्रकाशित २८८१ पाठक संख्या

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान बमोजिम केही विभाग प्रमुखहरुको जिम्मेवारी हेरफेर र केही विभागका प्रमुखहरुको मनोनयन गर्नुभएको छ ।


 

जसअनुसार,संगठन विभागको प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष बुद्धिमान तामाङ्ग, स्थानीय तह परिचालन विभागको प्रमुखमा वरिष्ठ नेता उपाध्यक्ष ध्रुबबहादुर प्रधान, राजनीतिक विभागको प्रमुखमा वरिष्ठ उपाध्यक्ष रबीन्द्र मिश्र, पर्यटन विभागको प्रमुखमा सहायक महामन्त्री बिजय खड्का, विपद व्यवस्थापन विभागको प्रमुखमा केन्द्रीय सदस्य उद्धब थापा, सुचना प्रविधि विभाग(आइटी) को प्रमुखमा केन्द्रीय सदस्य उद्धबराज भेटुवाल र लेखा समितिको प्रमुखमा केन्द्रीय सदस्य केदार न्यौपाने रहनुभएको छ।