FLASH NEWS

सुनको मूल्यकाे फेरि नयाँ रेकर्ड कायम, कतिमा हुँदै छ कारोबार?


नेपाल आवाज १९ माघ २०७९, बिहीबार ११:५८ मा प्रकाशित १०९६३ पाठक संख्या

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार सुनको मूल्य प्रतितोला १ लाख ७ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको हो।


बुधबार प्रति तोला १ लाख ६ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार २ सयले बढेर १ लाख ७ हजार ५ सय रुपैयाँमा कारोबार भएको हो । त्यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख ७ हजार रुपैयाँ निर्धारण भएको छ।

यता, चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ९५ रुपैयाँ कायम भएको छ। चाँदीको मूल्य प्रति तोला २५ रुपैयाँले बढेको हो। बुधबार चाँदीको मूल्य प्रति तोला १ हजार ३ सय ७० रुपैयाँमा कारोबार भएको थियो।