आज: | Tue, 19, Mar, 2024
FLASH NEWS

फागुन ११ गतेदेखि १४औं पटक हात्तीपाइले विरुद्धको औषधी खुवाइने


नेपाल आवाज २१ माघ २०७९, शनिबार ०९:५७ मा प्रकाशित १४८३ पाठक संख्या

लमजुङमा आगामी फागुन ११ गतेदेखि हात्तीपाइले विरुद्धको आम औषधी खुवाइने भएको छ ।  लमजुङका वासिन्दालाई १४ औं पटक औषधी खुवाइने भएको हो ।

हात्तीपाइले रोग निवारण हुन नसकेका जिल्लामा औषधी खुवाउने कार्यक्रम अन्तर्गत यसको तयारीका लागि स्वास्थ्य कार्यालयले जिल्ला स्तरीय योजना तर्जुमा गरेको स्वास्थ्य कार्यालय प्रमुख अमर दवाडीले बताए ।

लमजुङको धमिलिकुवा र चक्रतीर्थमा गत मंसिरमा गरिएको हात्तीपाइले रोगको सर्वेक्षणमा प्रकोपदर १ प्रतिशतभन्दा कम देखिएको छ ।

निवारणका लागि फागुनमा औषधी खुवाइने र त्यसपछि ६ महिनामा पुनः परीक्षण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ । ६ महिनामा प्रकोपदर १ प्रतिशत भन्दा बढी देखिए अर्को वर्ष पनि औषधी खुवाइने र कम देखिए २ वर्षपछि परीक्षण गरिने स्वास्थ्य कार्यालयले जनाएको छ ।