FLASH NEWS

आ’त्मदाहमा ज्यान गुमाएका आचार्य परिवारलाई ५० लाख बिमा भुक्तानी


नेपाल आवाज २६ माघ २०७९, बिहीबार १४:११ मा प्रकाशित १२०७ पाठक संख्या

झापा । सन नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौंमा आत्मदाह गरेका इलामका प्रेमप्रसाद आचार्यको परिवारलाई ५०  लाख बिमा भुक्तानी हस्तान्तरण गरेको छ ।


इन्स्योरेन्सको बिर्तामोड शाखाले सूर्योदय नगरपालिका–११ निवासी आचार्यका परिवार लाई मृत्यु दाबी भुक्तानीको ५० लाखको चेक हस्तान्तरण गरेको हो ।

सो कम्पनिका बिर्तामोड शाखा प्रमुख विकास  श्रेष्ठका अनुसार कम्पनीले  मृतकको घर मै पुगी मृ’तककी श्रीमती नानु अधिकारीलाई ५० लाख १२ हजार १९४ रुपियाँ को चेक हस्तान्तरण गरेको छ ।

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा जीवन बीमा गराएका मृ’तक आचार्यको परिवार लाई मृत्यु दाबी भुक्तानी दिनुपर्ने बीमा ‘पोलिसी’ को सर्त बमोजिम १४ दिन मै बीमा दाबी रकम भुक्तानी गरिएको जनाइएको छ ।