FLASH NEWS

६ घण्टासम्म बन्धक बनाएर बालकमाथी निर्घात कुटपिट


नेपाल आवाज २९ माघ २०७९, आईतवार १८:५३ मा प्रकाशित १४३५ पाठक संख्या

महोत्तरीको बर्दिबासमा एक बलकलाइ ६ घण्टासम्म बन्धक वनाएर निर्घात कुटपिट गरिएकाे छ । बर्दिबास-१२ बस्ने १४ बर्षिय इन्द्रजित कुमार महतोलाइ माटोको खुत्रुकेमा जम्मा गरेको पैसा चोरी गरेको आरोपमा स्थानियले निर्ममतापुर्वक कुटपिट गरेका हुन ।


पिडित परिवारकाअनुसार स्थानिय युवाहरु रन्जित महतो, सन्जित महतो, हरि महतो, रामजन्म महतो, सुशील महतो र रन्जित चौधरीले ६ घण्टासम्म बन्धक वनाएर कुटपिट गरेका कारण बालककाे शरिरभरी चाेटपटक लागेकाे छ।  स्थानिय प्रत्यक्षदर्शीका अनुसार पीडक युवाहरुले  बलकलाइ माेटरसाइकलकाे पछाडी राखेर घिसार्दै आरोपित मध्यका  सन्जित महतोको घरमा पुर्‍याएर ६ घण्टासम्म यातना दिएको पीडित परिवारले बताए ।

गत २३ माघमा भएकाे उकत घटनाकाे अहिले खुलास भएकाे हाे । साे दिन १२ बजे नियन्त्रणमा लिएर बेलुका ६ बजेमात्र  छाडेको पिडित वालक इन्द्रजित महतोले वताए । `मलाइ बाइकमा घिसारेर सन्जित महतोको घरमा पुर्‍याए अनि डोरीले दुवै हात बाधेर झुण्ड्याएर कुटपिट गरे,  पिडित इन्द्रजितले रूदैँ भने, ` खुकुरी देखाए, पैतालामा तारले कुटे, मलाई पानीमा मुन्टो डुवाए अनि पैतालामा पनि असहय हुनेगरी पिटे,  टाउकोमा पनि औँठी लगाएको हातले जोडले मारे ।`पिडित बालकको पैतालामा सिर्कनाले हानेको अझै निलडाम देख्न सकिन्छ । हिडडुल गर्न समेत समस्या वनिरहेको अवस्थामा उनी विद्यालय समेत जान सकेका छैनन ।

महतोको पछाडी ढाडमा लठ्ठीले हानेजस्तो सुम्ला देखिन्छन भने खुट्टामा समेत गहिरो निलडाम छ ।  निर्घात कुटपिट गरेर बेलुका छाडेपछी पिडित परिवारजनले गाउँमा नै रहेको सुरज वस्नेतको क्ल्निकमा पुर्‍याएर उपचार गरेका थिए । `उपचारमा मात्र २ हजार खर्च भयो, आम्दानीको स्रोत केही छैन,´ पिडित बालकका आमा कोशिला देविले भनिन । साे घटना पछि कोशिला देविलाइ समेत घरमा आएर ति युवाहरुले अभद्र व्यवहार गरेको थिए । पिडित वालकका वुवा भोला महतो बर्दिबास स्थित एक वेकरीमा काम गर्छन । आफ्नो छोरालाइ निर्घात कुटपिट गर्ने युवाहरुलाइ कडा कारवाही गर्न पिडित परिवारले माग गरेको छ ।

यता घटना भएको भोलिपल्ट नै प्रहरी चौकी हात्तिलेटमा निवेदन दिएतापनी प्रहरीले त्यस्को खासै वास्ता गरेको छैन । हात्तिलेट स्थित प्रहरी चौकीका इन्चार्ज इन्द्रजित ठाकुरले घटनाको बिषयमा जानकारी भएता पनि  पिडितहरु नै जाहेरी दिन नआएको जिकिर गरेका छन ।  तर पिडित पक्षले प्रहरी चौकीवाट ३ सय दस्तुर लिएर निवेदन दर्ता गरिसकेको दावी गरेका छन । तर,  प्रहरी उपरिक्षक प्रकाश मल्लले पनि घटनाको बिषयमा जानकारी लिएर अनुसन्धान प्रक्रियालाई अगाडि बढाउने वताएका छन ।