FLASH NEWS

श्रोत नखुलेको रकमसहित एक जना पक्राउ


नेपाल आवाज २९ माघ २०७९, आईतवार १९:३७ मा प्रकाशित १५७९ पाठक संख्या

वीरगञ्ज, सशस्त्र प्रहरी बल नेपाल बिओपी वीरगञ्जले श्रोत नखुलेको ८ लाख नेपाली रुपैयाँ सहित एक जनालाई पक्राउ गरेको छ ।


सशस्त्र प्रहरीले पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका १६ स्थित शंकराचार्य गेट बाट ईनर्वा बस्ने २५ वर्षीय प्रवेश कुमार लाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरीका डीएसपी तथा सहायक प्रवक्ता शैलेन्द्र थापाले बताए ।

बीआर ०५ एभी ३४७७ नम्बरको भारतीय मोटरसाइकल मा भारत बाट नेपाल तर्फ आउँदै गरेका उनले हेल्मेट भित्र लुकाई छिपाई ल्याउँदै गरेको त्यो रकमको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिइएको हो । उनको साथ बाट १ हजार दरको ७ सय ५० थान र १ सय दरको ५ सय थान नोट फेला परेको छ ।