FLASH NEWS

महोत्तरीका पालिकाहरूमा मौसम स्टेसन स्थापना


नेपाल आवाज ३ फाल्गुन २०७९, बुधबार १३:१२ मा प्रकाशित १३३३ पाठक संख्या

महोत्तरी । बर्षाद र हावाहुरीको पूर्वानुमान भइइदिएको भए बालीनाली नोक्सान हुँदैन्थ्यो कि ? भन्ने आम किसानहरुको साझा प्रश्न बनिरहेको बेला महोत्तरीमा भने यसकाे निराकारण हुने भएको छ । प्रत्येक पालिकाहरुमा मौसम स्टेसन जडान गर्ने कार्य प्रारम्भ भएसँगै मौसमको पूर्वानुमान हप्तौँ अघि लिन सकिने भएकाे छ ।


विशेषगरी, बालीनाली लगाउने किसानहरूको लागि निकै उपयोगी बन्न सक्ने  मौसम स्टेसनले भूगोलअनुसार कति क्षेत्रफलको जानकारी लिने भन्ने योजना अनुसार नै स्थापना गरिएको छ ।

बर्दिबास, गौशाला, औरही र भंगाहा नगरपालिकामा स्थपना गरिसकिएको स्टेसनले उक्त क्षेत्रफल भित्रको मौसमको जानकारी दिन सुरु गरिसकेको छ ।एन्ड्रोइड मोबाइलमा युजर नेम र पासवोर्डको माध्यमबाट सजिलै खोल्न सकिने भएकाले स्टेसन राखिएको क्षेत्रको मौसमको अवस्था विश्वभरीबाट हेर्न सकिन्छ ।

युरोपियन युनियन र अष्ट्रियन विकास नियोगको आर्थिक सहयोग तथा आड्रा नेपाल, रुपान्तरण र सामुदायिक विकास तथा पैरवी मंच नेपालको साझेदारीमा संचालित लिरिक परियोजनाअन्तर्गत जडान गरिएको उक्त मौसम स्टेसन जिल्लाका अहिलेसम्म तीनवटा पालिकामा राखिएको छ ।

नगर क्षेत्रमा स्थापना गरिएको मौसम स्टेसनले नगरभरीको मौसमसम्बन्धी जानकारी दिनेछ । मौसमको पूर्ण जानकारी लिनको लागि अन्डर ग्राउन्ड वेदर भन्ने एप डाउनलोड गर्नुपर्नेछ । उक्त एपमा प्राविधिकहरुले सुरक्षित गरेको आईपी ठेगाना हालेपछि मौसमको वस्तुस्थिति थाहा पाउन सकिन्छ ।

प्राविधिकहरुले स्थापना भएका नगरक्षेत्रमा स्टेसन आईडीसमेत सार्वजनिक गरेका छन् । बर्दिबास नगरपालिकाको IBARD16, गौशाला नगरपालिकाको IGAUSH2, औरही नगरपालिकाको IAURAH1 र भंगाहा नगरपालिकाको IVAGAH1 रहेको पप्पु यादवले जानकारी दिए ।